सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

निमित्त प्रमुख प्रशासकीय अधिकृतले चेक काट्न नपाउने

admin
admin

काठमाडौं, असोज ३ । सरकारले प्रशासकीय अधिकृत फर्काउने स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुको आर्थिक तथा प्रशासनिक अधिकार खोस्न सुरु गरेको छ ।

स्थानीय तहहरुमा संघले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदईि फर्काउने क्रम बढेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्त प्रशासकीय अधिकृतलाई आर्थिक तथा प्रशासनिक अधिकारको लागि सहमति नदिने र यसअघि दिएको भए पनि फिर्ता लिने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार संघबाट गएका प्रमुख प्रशासकीय अधिकृत फर्काउने आधा दर्जन स्थानीय तहलाई हिजो पत्र लेख्दै निर्णयबारे जानकारी गराएको छ ।

अब त्यस्ता स्थानीय तहका प्रमुख प्रशासकीय अधकिृतले चेक काट्न र स्थानीय तहको बैंक खाता सञ्चालन गर्न पाउने छैनन् । त्यसैगरी निमित्त प्रशासकीय अधिकृतले कार्यालय प्रमुखका रुपमा बैठक आव्हान गर्न, बिदा स्वीकृत गर्नेजस्ता प्रशासकीय अधिकार गर्न पनि पाउने छैनन् । कतिपय स्थानीय तहका प्रमुखहरुले आफूअनुकुल प्रशासकीय अधिकृत नभएको भन्दै संघबाट खटाइएका प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिएका छैनन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्