सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

रास्कोट नगरपालिकाद्वारा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

admin
admin

कालीकोट, असोज २५ । कालीकोटको रास्कोट नगरपालिकाले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।

दशैँ तिहार नजिकिँदै गर्दा रास्कोट नगरपालिकाका मेयर धर्मराज शाही, प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बम र वडाध्यक्षहरुले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका हुन् । यस आर्थिक वर्षको पहिलो किस्ता सामाजिक सुरक्षा भत्ता अशक्त र वृद्धवृद्धाहरुले हातमै पाएका छन् । बुधवार नगरपालिकाको ९ र ८ वडाका स्थानीय बासिन्दाले सामाजिक सुरक्षा भत्ता घरमै पाएका हुन् ।

सामाजिक सुरक्षा भत्ता लिनका लागि नगरपालिकाको कार्यालय पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न नगरपालिकाले बैकसँगको समन्वयमा घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको नगरका मेयर शाहीले बताए । नगरपालिकाका ९ वटै वडामा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिने नगरपालिकाले जनाएको छ । घरमै सामाजिक सुरक्षा भत्ता पाउँदा वृद्धवृद्धा खुसी भएका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्