स्टडी डेस्टिनेसन सेन्टरको शाखा पोखरामा पनि
काठमाडौं, असोज २९ । काठमाडौंको बागबजारमा रहेको स्टडी डेस्टिनेसन सेन्टर एजुकेशन कन्सल्टेन्सीले पोखरामा पनि शाखा सञ्चालन गरेको छ ।
कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अमित खड्काले आइतबारबाट शाखा सुरु गरिएको बताए । उनले नै शाखाको उद्घाटन गरेका हुन् । त्यो क्षेत्रमा पनि धेरै विद्यार्थीहरु उच्च शिक्षाका लागि बाहिर जाने क्रम बढेकाले शाखा खोलेका हौं’ उनले भने ‘ शाखाबाट विद्यार्थी र अभिभावकलाई सही सूचना दिएर उहाँहरुको भविष्य निर्माणका लागि सहजता प्रदान गर्छौं ।’
७ वर्षदेखि सेवा सुरु गरेको सेन्टरले क्यानडा, अष्ट्रेलिया, यूएस्ए र यूकेलगायतका देशमा पनि विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि पठाउँदै आएको छ । केही समयअघि सेन्टरले आफ्नो कन्सल्टेन्सीबाट क्यानडा जान लागेका एक सयभन्दा बढी विद्यार्थीलाई एकै पटक ‘प्रि डिपार्चर क्लास’ गरेको थियो । यो क्लासबाट विद्यार्थीलाई विदेशमा अध्ययन गर्न जाँदा सहज हुने खड्काले विश्वास गरेका थिए ।

सेन्टरले ललितपुरको लगनखेलमा, झापाको विर्तामोड र दमकमा पनि शाखा सञ्चालन गरेको छ । १० वर्ष अघिदेखि यो क्षेत्रमा सक्रिय रहेर आफूलाई स्थापित गर्दै आएका खड्काले विद्यार्थीलाई सही सूचना दिनु नै आफ्नो पहिलो कर्तव्य भएको बताएका छन् ।
लगनखेलमा आशा थापाले, विर्तामोडमा भिष्म दाहालले र दमकमा रोमन आचार्यले शाखाको नेतृत्व गरेका छन् । प्रबन्ध निर्देशक खड्काले केही दिनमा नै काभ्रेको बनेपा र पोखरामा पनि शाखा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

