बास्तोलाको निधनप्रति एमाले सोलुखुम्बुद्वारा दुःख व्यक्त
काठमाडौं । नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले पार्टीका जिल्ला सदस्य तथा प्रचार विभाग प्रमुख मुक्ति बास्तोलाका पिता जनकलाल बास्तोलाको निधनप्रति दुःख व्यक्त गरेको छ ।
उनका बुबा जनकलाल बास्तोलाको आफ्नै निवास नेचासल्यान –३ सोलुखुम्बुमा कात्तिक ७ गते ९० वर्षको उमेरमा निधन भएको हो । पार्टीका जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाद्वारा सोमबार हस्ताक्षरित विज्ञप्तीमा निधन भएका बास्तोलाको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ ।
बास्तोला केही समय अघिदेखि बिरामी थिए । दिवंगत बास्तोलाकी श्रीमती बुधमाया बास्तोलाको २०७३ सालमा निधन भइसकेको छ । बास्तोलाका दुई छोरा र तीन छोरी रहेका छन् । मुक्ति जेठा छोरा हुन् ।
मुक्ति काठमाडौंबाट प्रकाशित रहस्य साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार सहासंघ काठमाडौं शाखाका साधारण सदस्य पनि हुन् ।


