सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

सिटौला आए संवैधानिक परिषदमा झापालीको दुई तिहाई

admin
admin

काठमाडौं, माघ १६ । राष्ट्रियसभाका सांसद राष्ट्रियसभाको अध्यक्ष भए भनें संवैधानिक परिषदमा झापालीको दुईतिहाई हुने भएको छ । संविधानको धारा २८४ मा संवैधानिक परिषदको व्यवस्था छ । प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस प्रधानमन्त्री अध्यक्ष र अरु सदस्य रहेको एक संवैधानिक परिषद रहने छ ।
(क) प्रधानमन्त्री – अध्यक्ष
(ख) प्रधान न्यायाधीश – सदस्य
(ग) प्रतिनिधिसभाको सभामुख – सदस्य
(घ) राष्ट्रियसभाको अध्यक्ष – सदस्य
(ङ) प्रतिनिधिसभाको विपक्षी दलको नेता – सदस्य
(च) प्रतिनिधिसभाको उपसभामुख – सदस्य
नेपाल सरकारको मुख्य सचिवले संवैधानिक परिषद्को सचिव भई काम गर्ने व्यवस्था छ । सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने भनेर दलहरुबीच सहमति भएको जनाइएको छ । सिटौलाले यो विषयमा बाहिर खुलेर नभने पनि अन्य दलका नेताले भनें सिटौला अध्यक्ष बन्ने लगभग निश्चित भएको बताएका छन् ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे झापाका हुन्, उनी झापा २ बाट निर्वाचित हुन् । प्रतिनिधिसभाको विपक्षी दलका नेता एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि झापालाई कार्यक्षेत्र बनाएर राजनीति गर्दै आएका छन् । उनी अहिले झापा–५ बाट निर्वाचित भएका हुन् । ओली २०४८ सालदेखि नै पटक पटक झापाबाट नै निर्वाचन उठ्दै आएका छन् । उनको मतदाता नामावली भनें भक्तपुरको सुर्यविनायक–२ बालकोटमा रहेको छ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना पनि झापाकी हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद पनि हुन् । सांसद हुनुअघि उनी सामाजिक क्षेत्रमा काम गर्थिन् । सिटौला राष्ट्रियसभाको अध्यक्ष भए परिषदमा प्रधानमन्त्री र प्रधान न्यायाधीशबाहेक सबै झापाका नै हुने छन् । अहिले पनि परिषदमा झापालीको ५० प्रतिशत बाहुल्यता रहेको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्