नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक बस्दै
काठमाडौं, १० फाल्गुण । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । बैठकमा भर्खरै सम्पन्न विधान अधिवेशन र केन्द्रीय कमिटी बैठकका निर्णयको कार्यान्वयनबारे छलफल हुने साहले जानकारी दिए । त्यस्तै समसामयिक राजनीतिक परिस्थितिबारे छलफल र समीक्षा हुने उनले बताए ।

