सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

फोटो पत्रकारहरुको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल बिहीबार हुँदै

admin
admin

काठमाडौं । फोटो पत्रकारिता दिवसको अवसरमा बैशाख १३ गते बिहीबार नेपालका फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपीजे)ले आयोजना गरेको उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एनएफपीजे नेपालका अध्यक्ष तथा टिम क्याप्टेन प्रदीपराज वन्तले जानकारी दिए । एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा बिहान ७ बजेदेखि ९ बजेसम्म हुने प्रतियोगितामा २३ सदस्यीय फोटो पत्रकार टोलीको घोषणा गरिएको एनएफपीजेका कार्यवहाक महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए । नेपाललाई फोटोको माध्यमबाट नभई खेलकुदको माध्यमबाट पनि पर्यटन प्रवर्धनको निम्ति अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनको लागि राष्ट्रिय फोटो पत्रकार दिवसको अवसरमा एनएफपीजेले पहिलो पटक यो मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको एनएफपीजेका उपाध्यक्ष तथा टिम म्यानेजर सुशिल श्रेष्ठले बताए ।
trbet yeni giriş
नेपाली टोलीमा प्रदीप कुमार श्रेष्ठ (गोलकिपर), प्रदीपराज वन्त (क्यापटेन), अनुप प्रधान, दिपेन्द्र महर्जन, शंकर भुजेल, प्रवीन कुलुङ राई, दिवाकर सेन, केशव गुरुङ, सुबास मुखिया सुनुवार, लकेश लिम्बु, सुमन लिम्बु, दिलीप बैद्य, घनश्याम श्रेष्ठ, मुकुन्द कालिकोटे, सागर श्रेष्ठ, सुनिल बज्रचार्य, हरिसजंग क्षेत्री, भगवती थापा, देवकी विष्ट, अजय लेन्समेन, बिवेक गुरुङ, कविन्द्रमान शाक्य, राजेन्द्र चित्रकारलगायतका रहेका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू