सांसद शर्माद्वारा हुम्लामा विशेषज्ञसहितको स्वास्थ्य शिविर
काठमाडौं, २० वैशाख । मोरङ–३ बाट प्रतिनिधिसभामा निर्वाचित कांग्रेस सांसद डा. सुनिल कुमार शर्माले विशेषज्ञ चिकित्सकको टोलीसहित हुम्लाको सार्केगाड गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।
सर्केगाड गाउँपालिकाको आयोजना र काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा वैशाख १७ सम्पन्न शिविरमा १७ सयभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण र उपचार भएको हो । काठमाडौँ मेडिकल कलेजका विशेषज्ञ चिकित्सकसहितको टोलीले शिविरमा आउने बिरामीहरूको स्वास्थ्य परीक्षणको क्रममा १ सय ४७ जना बिरामीलाई शल्यक्रियासहितको थप उपचारको लागि रिफर गरिएको छ । रिफर गरिएका बिरामीहरूको काठमाडौँ मेडिकल कलेजमा शल्यक्रियासहित उपचार सेवा निःशुल्क गरिने सांसद डा. शर्माले बताए ।
ligobet giriş
सांसद शर्मा काठमाडौँ मेडिकल कलेजको संचालक हुन् । सांसद शर्माले यसअघि अन्य जिल्लामा पनि यस्तै स्वास्थ्य शिविर संचालन गरेका थिए ।

