सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

एमालेका विद्या, कोही पाइरहने, कोही पाउँदै नपाउने

admin
admin
The President, Shri Ram Nath Kovind meeting the President of Nepal, Ms. Bidya Devi Bhandari, in Tokyo, Japan on October 22, 2019.

काठमाडौ, जेठ ९ं । नेकपा एमालेबाट विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति भइन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सहयोग गरेपछि उनलाई त्यो अवसर मिल्यो । पहिलो पटक राष्ट्रपति बनाउँदा पार्टीभित्र सर्वसम्मत निर्णय नै भएको थियो तर दोस्रो पटक उम्मेदवार बनाउँदा भनें ओलीले धेरै आलोचना खेप्नुपरेको थियो ।

भण्डारीले पटक पटक सांसद जितेर आफूलाई स्थापित गरेकी थिइन् । श्रीमान मदन भण्डारीको असामयिक मृत्युपछि राजनीतिमा सक्रिय रुपले आएकी भण्डारीले जीवनमा ठूलो उपलब्धि हासिल गरेकी छिन् । उनले आफ्ना श्रीमानको हत्यारा पत्ता लगाउने कुरामा चासो नदेखाएको भन्दै आलोचना पनि भएको छ । उनी यति लामो समय राष्ट्रपति हुँदा र एमाले पटक पटक सरकारमा जाँदा पनि त्यो विषय नउठाउनु भनेको अब त्यो कुरा सेलाएको नै होला भनेर अनुमान लगाउन सकिन्छ । भण्डारीले मन्त्री बन्ने मौका पनि पाएकी थिइन् । उता कास्की–२ बाट निर्वाचित एमालेकी सांसद विद्या भट्टराइले भनें दुई पटकसम्म निर्वाचन जित्दा पनि पार्टीले दिएको राम्रो अवसर पाएकी छैनन् ।

पार्टीले टिकट दियो त्यो पनि एउटा मुख्य कुरा नै हो तर पार्टी अध्यक्ष ओलीले उनलाई अरु अवसर भनें दिएका छैनन् । दुई पटकसम्म निर्वाचन जितेर जनताको मन जित्नेलाई पार्टीले पाउने भागबण्डामा केही दिएको भए ओलीकै उचाई थप बढ्ने थियो तर ओलीले यसतर्फ ध्यान दिन सकेनन् ।

श्रीमान रविन्द्र अधिकारीको अचानक निधन भएपछि त्यो क्षेत्रमा भएको उपनिर्वाचनमा विद्याले अघिल्लो संसदीय कार्यकालमा जितेकी थिइन् भनें यस पटक पनि जनताले फेरि पत्याए ।
ओलीले विद्यालाई न त मन्त्री नै बनाए, न त हिजो एमालेले पाएका कुनै पनि संसदीय समितिको सभापति नै बनाए । विद्यालाई पार्टीले बेवास्ता गरेको भनेर भन्न थालिएको छ । उनलाई हार्ने निश्चित भएको उपसभामुखको उम्मेदवार भनें बनाइएको थियो, त्यतिबेला कांग्रेसकी पुष्पा भुसालले उपसभामुख जितेकी थिइन् । संसदीय प्रक्रियामा सभामुख, उपसभामुख, मन्त्री, संसदीय समितको सभापति, प्रमुख सचेतक, सचेतकजस्ता पदलाई निकै अर्थपू्रर्ण रुपले हेर्ने गरिन्छ ।

ओली महिलालाई अवसर दिइरहेको भन्न पछि पर्दैनन् तर हार्ने ठाउँमा मात्रै प्रायः टिकट दिने गरिएको छ । उपराष्ट्रपतिमा हार्ने निश्चित भएपछि २०७९ साल चैत्र ३ गते भएको निर्वाचनमा एमालेले अष्ठलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको थियो, यतिबेला रामसहायप्रसाद यादवले निर्वाचन जिते । निर्वाचित सांसदलाई ओलीले सम्मान गर्न नसकेको र आफ्नो चाकडी चाप्लुसी गरेर बालकोट घुम्नेलाई मात्र अवसर दिने गरेको भनेर ओलीको आलोचना हुने गरेको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्