सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

पहिरोपीडितलाई सांसद पूर्णबहादुर तामाङको सहयोग

admin
admin

काठमाडौं, साउन १३ । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ फर्पुको पहिरोमा परी मृत्यु भएका किशोरीका परिवारलाई प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर (कान्छाराम) तामाङले राहत रकम उपलब्ध गराएका छन् ।

सांसद तामाङले प्रतिपरिवार १० हजार रुपैयाका दरले सहयोग गरेका हुन् । गत बिहीबार राती स्थानीय बिमा तामाङको घर पहिरोले पुरिँदा तीनजना किशोरीको मृत्यु भएको थियो । पहिरोमा परी १७ वर्षीया सीता तामाङ, १४ वर्षीया तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको थियो । आगो तापेर बसिरहेका उनीहरुमाथि पहिरो खस्दा उनीहरुको मृत्यु भएको थियो । सांसद तामाङले मृतकका आफन्त विमान तामाङ, पदम तामाङ र पेमा तामाङलाई सहयोग हस्तान्तरण गरेका हुन् । तामाङ सांसद नहुँदा पनि यी र यस्तै प्रकारका सामाजिक काममा सक्रिय रहेका थिए ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्