नाडा मेलामा सहभागी नगराएको भन्दै कुँवरको आपत्ति
काठमाडौं । आजदेखि काठमाडौंमा सुरु हुने नाडा मेलामा आफूहरुलाई सहभागी नगराइएको भन्दै एक व्यवसायीले गुनासो गरेका छन् ।
हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक तथा नेपाल हेभी इक्विपमेन्ट व्यावसायी ताराबहादुर कुँवरले नियतवस रुपमा आफूहरुजस्ता व्यावसायीलाई छुटाउनु दुःखद् कुरा भएको बताए । ‘हामी पनि हाम्रा केही सामान देखाउँथ्यौं, प्रदर्शनीमा राख्ने मन थियो तर हामीलाई अवसर दिइएन’ कुँवरले भने ‘आफूलाई ठूला भन्ने व्यावसायीले एकलौटी गर्न खोज्नु राम्रो होइन ।’

