पैसा तिरेपछि सिद्धार्थनगरलाई सम्मान
काठमाडौं । सडकबत्तीको महसुल तिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई सम्मान गरेको छ ।
प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालयले शुक्रबार सिद्धार्थनगरसहित अन्य स्थानीय तहलाई पनि सम्मान गरेको हो । प्रायजसोः स्थानीय तहले तिर्नुपर्ने कतिपय कर र अन्य दस्तुर नतिरिरहेको अवस्थामा सिद्धार्थनगर इमानदारिताका साथ विद्युत् महसुल तिरेको छ । सडकबत्तीबापतको महसुल तिरेकोमा प्राधिकरणले पनि ती स्थानीय तहप्रति आभार व्यक्त गरेको छ । सिद्धार्थनगरमा कांग्रेसको तर्फबाट निर्वाचित मेयर इस्यिाक अहमद खान छन् । २०७० सालमा संविधानसभाको सदस्यसमेत रहेका उनले जनताको हित नै आफ्नो प्रमुख लक्ष्य भएको बताउँदै आएका छन् । ‘जनताले पत्याएर मलाई मेयर बनाएका छन्, उनीहरुको भावनाको सम्बोधन गर्ने मेरो दायित्व हो त्योभन्दा दायाँबायाँ गरेको छैन र गर्दिन पनि’ मेयरले भने ।

