शनिबार, २७ भदौ २०८३
ब्रेकिङ न्युज
समाचार

जाल्सानको अध्यक्षमा रमेश देवकोटा, सचिवमा कोषराज गिरी

admin
admin

काठमाडौं, चैत्र ९ । जापान जाने विद्यार्थीहरुका लागि शैक्षिक परामर्श दिने शैक्षिक परामर्श व्यवसायीहरुको साझा संस्था जापानीज भाषा स्कुल संघ (जाल्सान) को शुक्रबार काठमाडौंमा भएको १२ औं वार्षिक साधारणसभाले रमेश देवकोटाको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रतिनिधिसभाको शिक्षा तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सर्वसम्मत नेतृत्व चयन गरिएको सचिवमा निर्वाचित कोषराज गिरीले बताए । साधारणसभामा विभिन्न प्रतिवेदन प्रस्तुत गरेर पारित गरिएको थियो । २ वर्षको लागि चयन भएको कार्यसमितिको अध्यक्षमा पुनः देवकोटा चयन भएका हुन् । साधारणसभामा व्यवसायीले भोग्नुपरेका समस्यासँगै अब चाल्नुपर्ने कदमका बारेमा पनि छलफल भएको जनाइएको छ ।

कार्यसमितिको निवर्तमान अध्यक्षमा झम्कलाल श्रेष्ठ ‘विशाल’, प्रथम उपाध्यक्षमा महेशकुमार श्रेष्ठ, द्धितीय उपाध्यक्षमा सुरेन्द्र शाही, महासचिवमा अरुण पाण्डे, सचिवमा कोषराज गिरी र कोषाध्यक्षमा ध्यानबहादुर सुव्वा ‘ललित’ चयन भएका छन् । त्यस्तै कार्यसमितिको सदस्यहरुमा अमृत गिरी, विमलराज गिरी, महेन्द्र थापा, रोशन बानियाँ र सुनिल महर्जन चयन भएको नवनिर्वाचित सचिव गिरीले जनाएका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्