सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

कांग्रेस नेता कार्कीलाई मातृशोक

admin
admin

काठमाडौ, कात्तिक १६ । नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य तथा काठमाडौंको पुतलीसडकमा रहेको नोबेल इन्स्टिच्युटका संचालक महेशकुमार कार्कीलाई मातृशोक परेको छ ।

कार्कीकी आमा कृष्णकुमारी कार्कीको छाउनी अस्पतालमा उपचारका क्रममा २०८२ साल कात्र्तिक ८ गते साँझ निधन भएको हो । स्वर्गिय कार्कीको जन्म १९९६ साल पौष ८ गते रामेछाप तत्कालीन बेताली गाउँ विकास समिति वडा नम्बर ५ मा भएको थियो । महेशकुमारका बुबा कृष्णबहादुर कार्कीको २०७७ साल भदौ ६ गते निधन भएको थियो । स्वर्गिय कृष्णकुमारीका दुई छोरा र दुई छोरी रहेका थिए । जेठा छोरा डम्बरबहादुरको २०८० साल चैत्र १२ गते निधन भएको थियो । महेश कान्छा छोरा हुन् । त्यस्तै महेशकी जेठी दिदी हेमकुमारी कार्की थापाको पनि २०७५ सालमा निधन भएको थियो । महेशकी अर्की दिदी प्राप्ति के.सी. रहेकी छिन् ।

स्वर्गिय कार्कीको काजकिरिया काठमाडौंको नरेफाँटमा रहेको मनोहरा क्रियापु्त्री भवनमा भइरहेको छ । रामेछापको मन्थली–५ सुनारपानी निवासी कार्की हाल भक्तपुरको सुर्यविनायक नगरपालिका–२ वाल्कोटमा बस्दै आएका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्