शनिबार, ६ मंसिर २०८३
ब्रेकिङ न्युज
राजनीति

तीन तहका सरकार एक अर्काको परिपुरक : प्रधानमन्त्री दाहाल

admin
admin

काठमाडौ, ४ भदौ । तीन तहका सरकार एक अर्काको परिपुरक भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । विश्वका उत्कृष्ट संविधानजस्तै नेपालको संविधान पनि उत्कृष्ट रहेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले कर्णालीले उठाएका सबै मुद्दामा सहमत भएको समेत बताए । कर्णाली एक सभ्यता भएको उनले बताए । कर्णाली सधैं आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ । कर्णालीको सबै खालका सडक निर्माण गर्न पहल जारी राखेको बताएका उनले चीन भ्रमणको समयमा केही सडकको बारेमा कुरा हुने बताए । कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा आयोजत कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित ऊर्जामन्त्री शक्ति बस्नेत , मुख्यमन्त्री राजकुमार शर्मालगायतका मन्त्रीहरुको सहभागिता रहेको छ । प्रतिपक्ष दलका नेता यामलाल कँडेलले कर्णाली करिडोर र भेरी करिडोरमा दुई लेनको सडक निर्माण गरे कर्णाली समृद्धिको एक ढोका खुल्ने बताए ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्