
काठमाडौं, कात्तिक १० । हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले रुस र युक्रेनबीचको युद्धबिरामको पक्षमा आफू रहेको बताएका छन् ।
बिहीबार उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै रुस र युक्रेनबीचको युद्धबिरामका लागि हंगेरी शान्तिको पहल गर्न तयार रहेको बताएका हुन् । ब्रसेल्समा युरोपियन युनियन (इयु) नेताहरुको बैठकमा भाग लिनुअघि उनले यस्तो बताएका हुन् ।
उनले शान्तिका लागि आफूहरुसँग स्पष्ट र पादरर्शी नीति रहेको समेत बताए । उनले शान्तिका लागि आफूहरुसँग रणनीति रहेको भन्दै शान्तिको पक्षमा बोल्ने आफूमात्रै रहेको बताए । ब्रसेल्समा इयु नेताहरुले इजरायल र हमास तथा रुस र युक्रेन युद्धको बारेमा चर्चा गरेका थिए ।






