आइतबार, ७ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

भूकम्पमा परेर २० जनाको मृत्यु

admin
admin

काठमाडौं, पौष १७ । जापानमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

मध्य जापान र वरपरका क्षेत्र भएर सोमवार ७ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितहरुको निरन्तर उद्धारको काम भइरहेको जानकारी दिएका छन् ।

यो भूकम्प गएपछि ठूलो सुनामी जान सक्ने चेतावनीसमेत दिइएको थियो । सुनामीको त्रासमा इशिकावाको तटीय क्षेत्रका बासिन्दाले विस्थापन केन्द्रमा रात बिताएका छन् । भूकम्पपछि जापानमा १ सय ५५ वटा परकम्प गएका छन् । प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा राखेर जापानी सेनाले खाना, पानी र कम्बललगायतका सामग्रीहरू वितरण गरिरहेको छ । अमेरीकी राष्ट्रपति जो बाइडेनले जापानलाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्