आइतबार, ७ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

नारामै सीमित ‘भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’

admin
admin

काठमाडौं, फाल्गुण १३ । सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा लगाइरहेको छ । सरकारले यो नारा लगाएको धेरै भइसक्यो ।

प्रधानमन्त्री केपी शर्मा ओली यस प्रकारको नारा लगाउन र आफ्नो पक्षमा जनमत बटुल्न माहिर छन् । उनी जतिपटक प्रधानमन्त्री भए एउटै नारा लगाइरहने गरेका छन् । २०७२ सालमा पहिलो पटक ओली प्रधानमन्त्री हुँदा पनि उनले भ्रष्टाचारको विषयमा कडा आवाज बोलेका थिए । उनी अहिले पनि आफू पनि भ्रष्टाचार नगर्ने र अर्कालाई भ्रष्टाचार गर्न नदिने भन्दै आएका छन् । ओलीले बोलेको बोली र व्यवहारमा भनें आकाशजमिनको फरक पाइने गरेपछि मानिसहरु निराश छन् । उनले जनतालाई आफ्नो पक्षमा पार्न मिठा नारा लगाए पनि व्यवहारमा भनें त्यस्तो नपाइनु ओलीको लागि पनि दुःखद् पाटो हो । सुरुका दिनमा त मानिसले उनले बोलेको साँच्चै ठिकै होला भनेर माने पनि पछिल्लो समयमा उनका क्रियाकलाप त्यसतर्फ केन्द्रित नभएकाले उनी आलोचित बन्दै आएका छन् ।

सिंहदरवारमा रहेको हरेकजसो मन्त्रालयको मूलढोकामा पनि ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्ने लेखिएको छ । लेखिनु राम्रो पाटो हो मानिसले पनि यही चाहेका छन् तर परिणाम त्यस अनुसारको नआउँदा मानिसहरु हैरान भएका छन् । पटक पटक प्रधानमन्त्री भएका ओलीले यो बेलासम्म गर्न चाहेको भए सुधारका धेरै काम गर्न सक्थे तर अरु प्रधानमन्त्रीजस्तै भाषणमात्रै ठोक्ने भएकाले ओलीप्रति मानिसको विश्वाससमेत गुम्दै गएको छ । ओली प्रधानमन्त्री भएको ७ महिना पूरा भएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै प्रकाशन गरेको विवरणमा नेपाल भ्रष्टाचार हुने सूचीमा अग्रपंक्तिमा आएको छ । उसको प्रतिवेदन अनुसार नेपालले गतवर्षको भन्दा एक नम्बर कम पाएको छ । यस्तो प्रतिवेदन आएपछि सरकारले पनि यसतर्फ ध्यान दिएर त्यसलाई सच्याउनु जरुरी छ । मुखले भ्रष्टाचार गर्दिन भन्ने नारा लगाउनुको सट्टा भ्रष्टाचार नगरी सुशासन कायम गरेर जनतालाई त्यसको अनूभुति दिलाउन सके सरकार सफल ठहर्छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्