शनिबार, ६ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

समाजसेवी मिना राजवंशीद्धारा लायन्स क्लवलाई सहयोग

admin
admin

काठमाडौं । समाजसेवी मिना राजवंशीले लायन्स क्लव अफ काठमाडौं सिद्धार्थ प्यालेसलाई दुई वटा ह्वील चेयर निःशुल्क रुपमा प्रदान गरेकी छिन् ।

भद्रपुर–६ झापा निवासी राजवंशी धेरै वर्षदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएकी छिन् । उनले प्रदान गरेको ह्वील चेयर झापा गौरादहको श्री सूर्योदय आधारभूत विद्यालयका विद्यार्थीलाई वितरण गरिएको लायन्सका अध्यक्ष कोषराज गिरीले बताए । राजवंशीले व्यक्तिगत र संस्थागत तर्फबाट विभिन्न व्यक्ति र संघसंस्थालाई पनि यस्तै सहयोग गर्दै आएकी छिन् ।
‘उहाँको यो सहयोगप्रति हामी ऋणि छौं, चाहियो भनेर भन्नेबित्तिकै ह्वीलचेयर उपलब्ध गराउने उहाँको यो सहयोग प्रशंसनीय छ’ अध्यक्ष गिरीले भने ‘हाम्रो क्लवले सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ, समाजलाई केही गरौं भन्ने हाम्रो लक्ष्य हो ।’

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्