आइतबार, ७ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

बुटवल कालिका क्याम्पसले पायो क्युएए प्रमाणपत्र

admin
admin

बुटवल, साउन १८ । नेपालकै नमूना सामुदायिक क्याम्पसको रुपमा पहिचान बनाएको बुटवल कालिका क्याम्पसले विश्वविद्यालय अनुदान आयोग बाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ ।

यो क्याम्पस स्थापनाको छोटो अवधिमा क्युएए प्राप्त गर्ने नेपालको पहिलो सामुदायिक क्याम्पस बन्न सफल भएको हो । यो क्याम्पसले २०७० सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त गरेको थियो । आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको अध्यक्षतामा र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आयोगले क्याम्पसलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो । आयोग अध्यक्ष अधिकारीले भने, ‘भौतिक, शैक्षिक र गुणस्तरका दृष्टिले सम्बन्धनप्राप्त सामुदायिक क्याम्पसहरूमा कालिका क्याम्पस निकै उत्कृष्ट देखियो, निरन्तर प्रगतिका लागि क्याम्पसलाई शुभकामना व्यक्त गर्दछु ।’ अधिकारी केही समयअघि क्याम्पसमै पुगेका थिए । अधिकारीका अनुसार क्याम्पसको क्युएए प्रक्रियाको मूल्यांकन प्रा.डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा विज्ञ टोलीले गरेको थियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष होमबहादुर गलामीले क्युएए प्राप्त गर्नु क्याम्पसको लागि खुशीको कुरा भएको बताए । उनले क्यूएए प्राप्त गरेपछि क्याम्पसलाई शिक्षा क्षेत्रमा थप सशक्त बनाएर अगाडि बढ्न प्रेरणा मिलेको बताए । यस्तै क्याम्पस प्रमुख घनश्याम पाठकले गुणस्तर अभिवृद्धिको यात्रालाई क्युएए प्रमाणपत्रले थप हौसाला दिएको बताए । समुदायिक क्पाम्पसप्रतिको धारणा र सक्षमता बढाउन सबैको निरन्तर मेहनत र साझा प्रतिबद्धता आवश्यक रहेको क्याम्पस प्रमुख पाठकले बताए ।

क्याम्पसमा अहिले करिब ४ हजार विद्यार्थी अध्ययनरत छन् । स्नातक तहमा बीबीएस, बीएड्, बीसीए र स्नातकोत्तर तहमा ग्रामीण विकास, अग्रेजीलगायतका शैक्षिक कार्यक्रमहरू क्याम्पसले सञ्चालन गर्दै आएको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्