आइतबार, ७ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

इक्यानको सचिवमा सिलवालको उम्मेदवारी

admin
admin

काठमाडौं, पौष २३ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को सचिवमा सुरज सिलवालले उम्मेदवारी दिएका छन् । उनी इक्यानको अहिलेको कार्यसमिति सदस्य हुन् । उनले यसअघि भएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर सदस्य जितेका हुन् ।

इक्यानको निर्वाचन पौष २८ गते सोमबार काठमाडौंमा हुँदैछ । साधारणसभासँगै हुने निर्वाचनले अध्यक्ष, उपाध्यक्ष तीनजना, महासचिव, सचिव दुइजना, कोषाध्यक्ष, सह–कोषाध्यक्ष र ९ जना सदस्य रहेको १८ जनाको कार्यसमिति चयन गर्ने छ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने छ । सिलवालले आफूलाई सचिवमा मतदान गर्नुपर्ने कारण स्पष्ट पार्दै सबैसँग सहयोगको अपेक्षा गरेका छन् । बिगत १५ वर्षदेखि शिक्षा परामर्श व्यवसायमा सक्रिय सिलवालले संस्थागत सुधार र व्यवसायीहरूको हकहितका लागि सचिवमा उम्मेदवारी दिएको बताएका छन् । इक्यानको मंगलबार उम्मेदवारी दर्ता भएको छ ।

कनेक्ट ग्लोब एजुकेशन ग्रुपका निर्देशकसमेत रहेका सिलवाल हाल इक्यानको कार्यसमिति सदस्य भएर काम गरिरहेका छन् । सिलवालले आफ्नो उम्मेदवारीसँगै ८ बुँदे कार्ययोजना अघि सारेका छन् । सम्पूर्ण ईक्यान सदस्यहरूलाई संघको कार्यक्रममा नेतृत्वदायी भूमिका प्रदान गर्ने र व्यावसायिक तालिम सुनिश्चित गर्ने, केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गरी शिक्षा परामर्श क्षेत्रको नवीकरण र नयाँ स्वीकृति प्रक्रियालाई सरल र प्रभावकारी बनाउन पहल गर्ने बताएका छन् । यसैगरी उनले विदेशी विश्वविद्यालय तथा कलेजहरूलाई नेपालमा आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको व्यावसायिक सहकार्यका कार्यक्रमहरू सञ्चालन गर्ने, केन्द्रदेखि शाखासम्मका सदस्यहरूको व्यावसायिक अवसर र सूचनामा पहुँच पु¥याउन ‘मेम्बर ओरिएन्टेड’ कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, ‘द नलेज हाउस’ अभियानमार्फत कोष संकलन गरी इक्यानको आफ्नै भवन निर्माण गर्ने दीर्घकालीन लक्ष्यतर्फ ठोस कदम चाल्नेलगायतका प्रतिबद्धता उनले गरेका छन् ।
‘व्यक्तिगत स्वार्थभन्दा माथि उठी इक्यानको संस्थागत हित र सम्पूर्ण सदस्यहरूको आवाज बनेर पारदर्शिता र जवाफदेहीताका साथ अघि बढ्ने मेरो प्रतिबद्धता छ,’ उनले भनेका छन् ।

उनी बिगत १० वर्षदेखि इक्यानको साधारण सदस्य भएर काम गरेका छन् । आफ्नो विगतको कार्यसम्पादन र भावी योजनाका आधारमा सदस्यहरूबाट अमूल्य मत र समर्थन पाउनेमा आफू विश्वस्त रहेको उनले बताए ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्