भदौ १५ गतेदेखि आईपीओ निष्काशन गर्दै सिटिजन लाइफ इन्स्योरेन्स
काठमाडौ, ६ भदौ । भदौ १५ गतेदेखि सिटिजन लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ। इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गर्दै प्रति कित्ता सेयर कुल २४४ रुपैयाँमा सेयर निष्काशन गरेको हो। इन्स्योरेन्सको जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको थियो। जसमध्ये ५…

