न्यून ज्यालाका कारण नेपाली श्रमिक विश्व बजारमा जान बाध्य: मन्त्री भण्डारी
काठमाडौं, ३१ साउन । विश्व बजारमा गइरहेको नेपाली श्रमिकलाई रोक्न पनि सामाजिक सुरक्षाको विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्न जरुरी रहेको श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले बताएका छन् । आज अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराउन आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले सरकारले गरिबी निवारण र श्रम बजारमा श्रमिकको आर्कषणका लागि सामाजिक सुरक्षा योजना सार्वजनिक गरिएको बताएका हुन् । उनले भने ‘सरकारले सामाजिक सुरक्षा योजना सार्वजनिक गर्नुको पछाडि…

