पैसाको कारण झापाको कमल गाउँपालिकाकी वस्नेतको उपचारमा समस्या, सहयोगीदातालाई आव्हान
काठमाडौं । झापाको कमल गाउँपालिका ७ की ४२ सृजना वस्नेतको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । उनी केही दिनदेखि ललितपुरको पाटन अस्पतालमा उपचाररत छिन् । ब्लड क्यान्सबाट पीडित उनको बेड नम्बर ५ मा उपचार भइरहेको छ । उनको उपचारमा समस्या भएपछि परिवार र आफन्तले सहयोगको आग्रह गरेका छन् । काठमाडौं बसेर विभिन्न पेशा, व्यवसाय गर्दै आएकाहरुले एउटा समिति नै बनाएर सहयोग संकलन गर्दै आएका छन् । काठमाडौमा कन्सल्टेन्सी व्यवसाय गर्दै आएका अनिल शर्माले सबैको सहयोगबाट एक लाख रुपिँयाजति…

