एमालेले १० लाख सदस्य पुर्याउने
काठमाडौं, साउन ४ । नेकपा एमालेले एघारौं महाधिवेशनमा दश लाख गुणस्तरीय सदस्य पुर्याउने संकल्पमा पार्टी लागिरहेको जनाएको छ ।
संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले प्रेस वक्तव्य जारी गर्दै अर्को महाधिवेशनमा १० लाख सदस्य बनाउने संकल्पमा एमाले रहेको उल्लेख गरेका छन् । एमालेको ९ औं महाधिवेशन २०७८ मंसिर १० देखि १२ सम्म चितवनमा भएको थियो ।

