सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

प्रचण्डको निशानामा मोदी कि किराँती ?

admin
admin

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सरकारलाई फेरि विस्तार गर्ने योजना बनाएका छन् । सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउने तयारी गरेका उनलाई आफ्नै मन्त्री निकाल्नुपर्ने बाध्यताले सताएको छ ।

राउत नेतृत्वको पार्टीले सरकारमा जाने जनाइसकेको छ । पूर्व खानेपानीमन्त्री नै फेरि पनि मन्त्री हुने लगभग निश्चित भएको पार्टीले जनाएको छ । उनलाई मन्त्री बनाउँदा राउत र उनको पार्टी त खुशी होला तर प्रचण्ड भनें संकटमा पर्ने पक्का छ । राउतलाई खुशी पार्न प्रचण्डले आफ्नै पार्टीबाट मन्त्री भएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीमध्ये एकलाई हटाउने तयारी गरेको श्रोतले बताएको छ । मोदी मोरङ–४ बाट र किराँती भोजपुर–१ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद् हुन् । मोदी यसअघिको प्रतिनिधिसभाको कार्यकालमा नै मन्त्री हुने भनेर हल्ला गरिएका र अन्तिममा मन्त्री हुन नपाएका नेता हुन् । उनले मोरङबाट पटक पटक निर्वाचन जितेका छन् । त्यस्तै किराँतीले पनि भोजपुरबाट तीन पटक निर्वाचन जितेका छन् ।

किराँतीलाई हटाउनुभन्दा मोदीलाई हटाउन सजिलो हुने प्रचण्डनिकटले जनाएका छन् । मोदीले भित्री रुपमा राम्रो काम गरे पनि बाहिर त्यति चर्चा गरेका छैनन् तर किराँतीले भनें चर्चा पनि कमाएका छन् ।

किराँती हटाउँदा कुनै पक्षले आन्दोलन गर्न सक्ने खतरा पनि छ त्यसैले प्रचण्डले आफूलाई असहज अवस्था आएको भन्दै मोदीलाई व्यवस्थापन गर्न सक्ने सम्भावना छ । मोदीले पनि कर्मचारी प्रशासनलाई व्यवस्थित गर्ने योजना बनाएका छन् । उता किराँतीले भनें देशमा धेरै भ्रष्टहरु भएको र आफूलाई भ्रष्टाचारी बनाउन पैसाको थैलो बोकेर आउने गरेको भन्दै त्यसप्रति कडा अभिव्यक्ति दिँदै आएका छन् । किराँतीले आफूले नकमाउँदा उनले कसैलाई पैसा बुझाउनुपरेको छैन, उनका लागि यो पनि मन्त्री जाने एउटा प्रमुख कारण हुने खतरा पनि त्यत्तिकै छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्