सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

आफ्नो श्रम शोषणबारे पत्रकार सुष्मा लेख्छिन् ‘ मेरो आवाज बुलन्द गर्ने माइक्रोफोन नै बनेन’

admin
admin

सुष्मा त्रिखत्री

म एक श्रमजीवि पत्रकार कैंयौँ नागरिकको आवाज बोल्दैछु
तर मेरो आवाज बुलन्द हुने आजसम्म कुनै माइक्रोफोन बनिएका छैनन् ।
भौंतारिएँ म कुनै आवाजले मात्र होइन, मेरो श्रम लुटियो यहाँ
मेरा दिन दैनिक बाह्र घण्टासम्म भुटिए यहाँ ,
बुलन्द आवाज पनि शून्यतामा कतै बिलाइदियो ,
नेपथ्यले अलि गिज्याइरहेछ ।
दर्बिलो स्वरले समाचार पढ्न् मेरा आवाजहरु आजभोलि दबिएका छन्, किनकि मेरो श्रम लुटिएको छ ।
अभावले भौंतारिएको छु म
दुः ख र अभावले पीडित छन् पत्रकार
तर उनीहरुका आवाज कसले सुनिदिने ?
मर्यादा र प्रतिष्ठालाई हेर्दाहेर्दै कैयौं सपनाहरु
सडकमा छरपष्ट भएका छन् ।
घरमा सन्ततिहरु आत्तिएका छन् ।
अनि भौंतारिएका छन् पत्रकारहरु, आफ्नो पारिश्रमिक नपाएर
मिडिया मालिक भनाउँदाहरुलाई अब सोध्न मन छ गरिबी के हो ?
भन्न मन छ भोक के हो ?
ए, श्रम लुटेरा हो गरिबका रगत चुस्ने नगर
एकदिन तिनै लुटिएकाहरुले तेरो श्रम चुस्दा थाहा पाउने छस्,
त्यतिबेला तैंले कुनै क्षमा पाउने छैनस् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्