निस्क्रिय बन्दै ४ दलीय समाजवादी मोर्चा
काठमाडौं । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत दलहरू सहभागी भएको समाजवादी मोर्चाको घोषणा भए पनि प्रभावकारी काम भनें गर्न सकेको छैन ।
मोर्चा घोषणा भएको केही महिना बितेको छ तर उसले भावी कार्यक्रम के गर्ने भन्ने खाका तयार पार्न सकेको छैन । मोर्चामा नेत्रविक्रम चन्द ‘विप्लव’ पनि सहभागी भएकाले पनि यसको अबको कार्यदिशा के भन्ने अन्यौल रहेको छ । विप्लवको राजनीतिक लाइन अरुभन्दा निकै फरक छ । उनी हिजो आतंक मच्चाउने पृष्ठभूमिका नेता भनेर चिनिन्थे । विप्लवको पार्टीले राखेका बमका कारण कतिपय नागरिकको अकालमा मृत्यु भएको छ ।
अरु तीन वटा पार्टीको पनि राजनीतिक र वैचारिक दिशा प्रष्ट हुन सकिरहेको छैन । मोर्चाको घोषणा हुनुअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मोर्चामा आबद्ध शीर्ष नेताहरूको बैठक बसेको थियो । समाजवादी मोर्चा बनाउने प्रयास धेरै पहिलेदेखि भए पनि औपचारिकता पाउन भनें सकेको थिएन । मोर्चाले न्यूनतम कार्यक्रमसमेत सार्वजनिक गरिसकेको छ । मोर्चाले वडा तहसम्म नै संरचना बनाउने बताएको छ । मोर्चा निर्माणबारे छलफल भइरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनें लिभिङ टुगेदर चलिरहेको छ केको मोर्चा बनाउनुप¥यो भनेर टिप्पणी गरेका थिए ।

