कोशी सरकार नेतृत्वको दावी गर्ने अन्तिम दिन आज
काठमाडौं, १६ साउन । आज कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दावी पेश गर्ने अन्तिम दिन रहेको छ ।
प्रदेश प्रमुख परशुराम खापुङका अनुसार संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिने लागेको हो । कोशी प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनसँग सभामुखबाहेक ४६ सांसद छन् भने सत्तारुढइत्तर रहेका नेकपा एमालेसँग ४० तथा राप्रपासँग ६ जना सांसद रहेका छन् । सरकार बनाउन ४७ मत आवाश्यक पर्ने भएपछि कोशी सरकार गठनमा समस्या देखापरेको छ ।

