तीन महिने अभियानपछि माओवादी फेरि जाग्छ– प्रवक्ता सापकोटा
काठमाडौं, साउन २३ । नेकपा (माओवादी केन्द्र) का प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटाले जनतासँग माओवादी विशेष तीन महिने अभियानबाट माओवादी पुनः जाग्ने दाबी गरेका छन् ।
प्रवक्ताको जिम्मेवारी पाएपछि पहिलोपटक प्रेस सेन्टर नेपालले काठमाडौंमा गरेको अन्तरक्रियामा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले आफू सभामुखको भूमिकामा रहँदा राष्ट्रियताको पक्षमा अडान लिँदा देश विदेशबाट दबाब झेल्नुपरेको पनि बताए । गत बुधबारबाट सुरु भएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक ५ दिनसम्म चलेर आइतबार सकिएको थियो ।

