सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्छ : सांसद देवकोटा
काठमाडौं, २४ साउन । सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न उपयुक्त हुने राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले बताएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा उनले छानबिन समिति गठनको माग जायज भए पनि सदन नै अवरुद्ध गराउनुपर्ने अवस्था नभएको दाबी गरेका छन् ।
‘सरकारले पनि छानबिन गरिरहेको छ ठिक छ । तर संसदीय समितिले छानबिन गरेर पनि त्यो दिने सरकारलाई नै हो । त्यसैले सत्तापक्ष यो कुराबाट भाग्नुपर्छ जस्तो मलाई लाग्दैन । यो विषय जायज छ छानविन समिति बनाउनुपर्छ । ’
उनले भने ‘पटक पटक संसद अवरोध गरेका छन् । प्रतिनिधिसभामा भागबन्डा मिल्दैन अनि त्यसको सिकार राष्ट्रिय सभा भएको छ । ’

