बिहीबार, २५ भदौ २०८३
ब्रेकिङ न्युज
समाज

बौद्ध धर्मावलम्बीको ‘गुँला पर्व’ आजदेखि सुरु

admin
admin

काठमाडौं, ३२ साउन । नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने ‘गुँला पर्व’ आजबाट सुरु भएको छ । वर्षभरी दिवंगत भएका आफन्तहरुको राम्रो होस् (वैकुण्ठ) मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गरेर यो पर्व मनाउने प्रचलन रहेको छ ।

नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिना भन्ने हुन्छ । नेपाल संवतको नवौं महिनामा पर्ने सो पर्वमा बौद्ध तथा गैरबौद्ध धर्मावलम्बीहरु विभिन्न परम्परागत र मौलिक बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गर्छन् । पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो।

आजबाट सुरु भएको ‘गुँला पर्व’को अवसरमा स्वयम्भूमा मेला लागेको छ । पर्वको अवसरमा विशेष गरी नौँ बाजा बजाउने प्रचलन रहेता पनि पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । यो पर्व एक महिनासम्म बुद्धको विशेष पूजा आराधना गरेर मनाउने गरिन्छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्