आइतबार, ७ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

सुजातालाई हराएका पोखरेललाई एमालेले लेखा समितिको सभापतिको उम्मेदवार बनाउने

admin
admin

काठमाडौं, भदौ ९ । नेकपा एमालेले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेललाई उम्मेदवार बनाउने भएको छ ।

संसदीय समितिहरुको सभापति चयनको प्रक्रिया भोलिबाट सुरु हुँदैछ । प्रमुख दलहरुबीच भएको भागवण्डाअनुसार प्रमुख प्रतिपक्षी नेकपा एमालेले तीन वटा समितिको सभापति पाउने छ । प्रतिनिधिसभामा १० वटा समिति र राष्ट्रियसभामा ४ वटा समिति रहेका छन् । मोरङ २ बाट निर्वाचित पोखरेललाई उम्मेदवार बनाउने एमालेको तयारी छ । लेखा समिति सभापतिमा सचिव योगेश भट्टराई र पूर्वमन्त्री गोकुल बास्कोटा पनि आकांक्षी थिए तर अध्यक्ष केपी शर्मा ओलीले यसअघि अवसर नपाएका पोखरेललाई उम्मेदवार बनाउने बताएका छन् ।

पोखरेलले गत मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसकी नेतृ तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालासहित अन्य उम्मेदवारलाई हराएका थिए । पार्टीको जिल्ला कमिटी अध्यक्षसमेत रहेका उनी २०७० सालको संविधानसभामा पनि मोरङ–१ बाट निर्वाचित भएका थिए । २०७४ सालको प्रतिनिधिसभामा पनि मोरङ–२ बाट उम्मेदवार भएका उनी कांग्रेस उम्मेदवार मिनेन्द्र रिजालसँग पराजित भएका थिए । एमालेले यो समितिबाहेक अरु दुई समितिको सभापति पाउने प्रमुख दलहरुबीच यसअघि नै सहमति भइसकेको छ ।

सार्वजनिक लेखा समितिलाई प्रभावकारी काम गर्ने समितिको रुपमा लिने गरिएको छ । यो समितिको नेतृत्व विपक्षी दललाई दिने प्रचलन रहेको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्