बिहीबार, २५ भदौ २०८३
ब्रेकिङ न्युज
मनोरञ्जन

अभिनेत्री निरुता सिंहले गरिन् विवाह

admin
admin

काठमाडौं, १६ भदौ । अभिनेत्री निरुता सिंहले विवाह बन्धनमा बाँधिएकी छिन् । आज उनले आफ्नो बिहेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दे विवाह गरेको जानकारी दिएकी हुन् ।

उनले बिहीबार भारतको मुम्बई निवासी संजीव गुलाटीसँग बिहे गरेकी हुन् । उनले आफूलाई माया गर्ने दर्शकहरूलाई धन्यवाद दिँदै छिट्टै नेपाल आउनेसमेत बताएकी छिन् ।

उनले समाजिक सञ्जालमा लेखेकी छन्, मलाई माया गर्नु हुने मेरो सम्पूर्ण घर परिवार, आफ़न्त तथा छर छिमेकहरु, मेरा चलचित्रकर्मी साथीभाई अनि अग्रज व्यक्तित्वहरु, बिभिन्न माध्यमका संचारकर्मीहरुलगायत मलाई माया गरेर मेरो चरलचित्र हेरेर मेरो चलचित्रलाई सफल बनाई मलाई ‘निरुता सिंह’बनाईदिनु हुने मेरा सम्पूर्ण माननीय, पूजनीय अनि ढोगनीय दर्शक महानुभावहरुको यतीका वर्ष देखीको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुदैन थियो । त्यो हो ‘निरुताजी बिहें कहिले गर्ने ?’ भन्ने प्रश्न ‘आज तेसै प्रश्नको जवाब दिन गई रहेको छु ‘।

तपाईहरुको निरुता सिंहले गत बिहिबारका दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाठो जोड़ेको छ । हजुरहरु सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु । चाडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु । धेरै धेरै माया ।

3xlwin

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्