सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

एमाले प्रमुख सचेतकले नै सुनिलकुमार शर्मालाई फसाइयो भनेपछि…

admin
admin

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले नेपाली कांग्रेसको तर्फबाट मोरङ–३ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद सुनिलकुमार शर्मालाई फसाइएको बताएका छन् ।

प्रतिनिधिसभाको केही दिनअघिको बैठकमा बोल्दै पर्वत–१ बाट निर्वाचित सांसद गिरीले शर्माले सरकारले गरेका गलत कामको विषयमा टिप्पणी गर्दा फसाउन खोजिएको टिप्पणी गरे । गिरीले शर्माले संसदमा उठाएका विषय जायज भए पनि षड्यन्त्र गरिएको बताए । शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले केही अघि पक्राउ गरेर पछि छोडेको थियो । शर्माले सरकार सञ्चालनको विधिका विषयसँगै बजेटका बारेमा पनि संसदमै प्रश्न उठाएका थिए । गिरीले सरकारले न्याय दिने दृष्टिकोणमा आफ्नो मान्छेलाई माफी दिने गरेको बताए । उनले सरकारी पक्षका नेताले जे जस्तो अपराध गरे पनि न्याया पाउने र विपक्षीले सानो गल्ती गर्दैमा मुद्या चलाउनुपर्ने कहाँको कस्तो शासनव्यवस्था हो ? भनेर संसदमा प्रश्न गरेका थिए ।


गिरीले अहिले आएका सबै काण्डको निश्पक्ष छानबिन गर्न सरकारसँग माग पनि गरेका छन् । उनले सरकारको कार्यशैली जनताको पक्षमा नभएकाले सच्याउन पनि आग्रह गरेका छन् । उनले देशमा बेथितिको चाङ लगाउने काम सरकारले गरेकाले जनताको नजरबाट सरकार कमजोर भइसकेको पनि दाबी गरेका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्