शुक्रबार, २६ भदौ २०८३
ब्रेकिङ न्युज
राजनीति

भाइरल निमोनियाबाट वडाध्यक्ष रिजालको निधन भएको अस्पतालद्वारा पुष्टि

admin
admin

काठमाडौ, २१ भदौ । काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भाइरल निमोनियाबाट भएको अस्पतालले पुष्टि गरेको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा.विनोद बिजुक्छेले प्रेस विज्ञप्ति जारी गरी रिजाललाई भाइरल निमोनिया रहेको जानकारी दिएका छन् ।

रिजाल भदौ १७ गते दिउँसो एक बजे दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भई सघन उपचार कक्षमा भर्ना भएको डाक्टर बिजुक्छेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सुरुमा श्वासप्रश्वासको समस्या देखिए पनि पछि उनमा रगतको संक्रमण र मिर्गौलामा पनि असर देखिएको चिकित्सकको भनाई छ । काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत रिजालको आज बिहान निधन भएको थियो ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्