शुक्रबार, २६ भदौ २०८३
ब्रेकिङ न्युज
राजनीति

सरकारी पदमा बसेर निजी क्षेत्रलाई पोस्ने सरकारी नीति हो ?–सांसद परियार

admin
admin

काठमाडौ, २१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले सरकारी पदमा बसेर नीति क्षेत्रलाई पोस्ने सरकारी नीति हो ? भन्दै शिक्षा मन्त्रीलाई प्रश्न सोधेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसद परियारले विश्वविद्यालयमा बसेर सरकारी सेवा सुविधा लिने र निजी क्याम्पस चलाउने प्रवृत्ति घातक रहेको बताए ।

‘सरकारको पदमा बसेर त्रिभुवन विश्वविद्यालयमा बसेर शिक्षा फैलाउनुको सट्टा बाहिर निजी क्षेत्रमा कलेज संचालन गर्ने अनि अनुगमन पनि आफैं जाने अन्य कलेजलाई त्यसको अध्ययन अध्यापनको बारेमा कुनै पनि अनुगमन नगर्ने ’ उनले भने ‘ शिक्षा क्षेत्रलाई यसरी अगाडी बढाउने यो कहाँको नीति हो ? शिक्षा मन्त्रीलाई मेरो प्रश्न । ’

शिक्षामा भएको चरम राजनीतिका कारण त्रिभुवन विश्वविद्यालय सखाप भएको उनको भनाई छ । विश्वविद्यालय अन्तरगतका संस्थाहरुमा बस्ने र बाहिर निजी क्षेत्रलाई पोस्ने हो भने हामीले भनेको समाजवादले कहाँ लान्छ ? उनको प्रश्न छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्