बिहीबार, २५ भदौ २०८३
ब्रेकिङ न्युज
राजनीति

भन्सार अधिकृतसहित थप ३ पक्राउ

admin
admin

काठमाडौं, २३ भदौ । गत महिना बरामद गरिएको ६० किलो सुन प्रकरणमा थप तीन जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप तीन जनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार यसरी थप पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाद्धय कमल परियार र वीरेन्द्र नेपाली रहेका छन् ।

सो ६० केजी सुन तस्करी पक्राउ प्रकरणमा उनीहरूको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको जनाईएको छ । यो सँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्