फेकनको लुम्बिनी अध्यक्षमा कुँवर
काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) को लुम्बिनी प्रदेश समिति गठन भएको छ ।
फेकनको केन्द्रीय कार्यसमितिको निर्वाचन असार २३ गते काठमाडौंमा भएको थियो । निर्वाचनले राजु निरौलाको नेतृत्वमा समिति गठन गरेको छ । अध्यक्ष निरौलाले सबै प्रदेशमा समिति गठन गर्ने जनाएका छन् । प्रदेशको प्रथम साधारणसभाले कुँवरको नेतृत्वमा ९ सदस्यीय कार्य समिति गठन गरेको छ ।

उपाध्यक्षमा ओमप्रकाश रिजाल, सचिवमा छवि गिरी, कोषाध्यक्षमा सुमन शर्मा र सदस्यहरुमा अभिषेक क्षेत्री, रोनिश गौतम, बिनोद बास्तोला र मानसिंह ओली रहेका छन् ।

