कोइरालाद्वारा देउवालाई सच्चिन आग्रह
काठमाडौं, असोज ३ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर कार्यशैली सच्याउन आग्रह गरेका छन् ।
शेखर–गगन थापा पक्षको बैठक बसेको भोलिपल्ट आज सभापति देउवालाई कोइरालासहितको टोलीले भेटेका हुन् । कोइरालाले अहिलेको शैलीलाई सुधार नगरे आफूहरूले सहेर नबस्ने चेतावनी दिएको शेखर समूहका एक नेताले जानकारी दिए । शेखरसँगै उपसभापति धनराज गुरुङ र सह–महामन्त्री जीवन परियार सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए । कांग्रेसको केन्द्रीय समितिको बैठक भोलिदेखि बस्दैछ ।

