सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

विवाहखर्च कटौती गरेर विद्यालयमा अक्षयकोष स्थापना

admin
admin

काठमाडौं, असोज ५ । दाङमा एक जोडीले विवाहमा हुने खर्चलाई कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरिदिने भएका छन् । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं १ स्युजा निवासी गणेश विश्वकर्मा र ओखलढुंगाको मानेभन्ज्याङ निवासी पवित्र राईबीच केही दिनअघि बिबाह भएको हो ।

उनीहरुले दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर १ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालय स्युजामा ५० हजार राशिको अक्षयकोष स्थापना गरिदिने घोषणा गरेका छन् । उनीहरुको अदालती विवाह भएको छ । बेहुला गणेशले एसएलसीसम्म यही विद्यालयमा पढेका हुन् । यो कोषबाट विद्यालयमा प्रथम हुने एक जना छात्र र एक जना छात्रालाई प्रत्येक वर्ष पुरस्कृत गरिने छ ।

समयको बदलिँदो परिवेशसँगै प्रगतिशील संस्कारलाई अवलम्बन गरेर जानुपर्छ भन्दै गणेशले समाजमा नयाँ सन्देश दिनुपर्ने बताएका छन् । विश्वकर्मा बंगलाचुली गाउँकार्यपालिकाको गाउँकार्यपालिका सदस्य र स्थानीय तहको न्यायिक समितिका सदस्य समेत हुन् । उनी दलित अधिकारकर्मी, सामाजिक अभियान्तासँगै नेपाली कांग्रेस दाङको युवा नेता पनि हन् ।

 

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्