सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

सुनको जरैसम्म पुग्ने एमालेको चाहना

admin
admin

काठमाडौं । सरकारले सुुन तस्करीबारे छानबिन गर्न गठन गरिने उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशबारे प्रमुख दलहरुबीच विवाद देखिएको छ ।

भदौ ६ गते राष्ट्रिय मान्यता प्राप्त दलहरुबीच असोज ५ गतेबाट काम सुरु गर्ने गरी आयोग गठन गर्ने सहमति भएको थियो । तर अहिलेसम्म आयोग बनेको छैन । आयोग गठन गरिसक्नुपर्ने दिन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रमुख दलहरुसँग छलफल गरेका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भदौ ६ गते भएको सहमतिलाई आधार मानेर अघि बढ्ने बताए । एमाले नेताहरुले भने त्यसमा सहमति जनाएका छैनन् । एमाले सचेतक महेश बर्तौलाका अनुसार एमालेले छुट्टै प्रस्ताव राखेको छ । ‘हामी सुन तस्करीको जरासम्म पुग्न चाहन्छौं । संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन चाहन्छौं’ बर्तौला भन्छन् ‘सबैको सरल ढंगले जाँचबुझ हुन सक्ने गरी कार्यदेश बनाउनुपर्छ भन्ने हाम्रो कुरा थियो, त्यसअनुसार काम नभएको हामीलाई आभाष भएको छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुनको विषयमा छानबिन गर्नका लागि एमालेले उच्चस्तरीय संसदीय समिति बनाउनुपर्ने माग गरेको थियो । यही विषयलाई लिएर एमालेले पटकपटक संसद अवरोध गरेपछि भदौ ५ मा एक प्रकारको सहमति भएको थियो । एमालेले सुन तस्करीमा प्रधानमन्त्री, गृहमन्त्रीलगायतको संलग्नता रहेको समेत आरोप लगाउँदै आएको छ ।

प्रतिनिधिसभाको बैठकमा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेले सुन तस्करीको विषयमा आफूहरुसँग पनि केही सूचना भएको बताएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले एक सूचना गरी सुन प्रकरणमा छानबिनका लागि सहयोग गर्न सर्वसाधरणलाई आग्रहसमेत गरेको थियो ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्