बिहीबार, २५ भदौ २०८३
ब्रेकिङ न्युज
समाचार

सर्पले टोक्दा दिदीबहिनीको नै ज्यान गयो

admin
admin
A black, yellow and red Garter snake is coiled on a rock sunning itself.

काठमाडौं, १८ असोज । कपिलवस्तुमा सर्पले टोक्दा एकै घरका दुई दिदीबहिनीको ज्यान गएको छ ।

गत मंगलवार राति सर्पले टोकेका वाणगङ्गा नगरपालिका–९ जिनुवाका मोतीलाल क्षेत्रीका ३ वर्षीया छोरी रीतिका र ८ वर्षीया छोरी इशिकाको ज्यान गएको वडाअध्यक्ष कमल पौडेलले जानकारी दिए । उनका अनुसार आमासँग सुतिरहेका उनीहरुलाई राति सर्पले टोकेको थियो । उनीहरुको उपचारको क्रममा हिजो लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको हो ।

सर्पले टोकेको थाहा पाएपछि दुवैलाई उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्