सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

इजरायलको नेपाली दूतावासले बुझ्यो ५ नेपालीको शव

admin
admin

काठमाडौं, असोज २८ । इजरायलमा मृत्यु भएका १० मध्ये ५ जना नेपालीको शव त्यहाँस्थित नेपाली दूतावासले प्राप्त गरेको छ ।
आइतबार इजरायलमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र अनिश चौधरीको शव प्राप्त भएको जानकारी दिएको छ । शव नेपाल पठाउन आवश्यक समन्वय भइरहेको दूतावासले प्रकाशित गरेको विज्ञप्तिमा जनाइएको छ ।
अरु ५ जनाको शव प्राप्त हुने क्रममा रहेको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ । इजरायलमा हराइरहेका नेपाली नागरिक विपीन जोशीको पनि खोजी भइरहेको दूतावासले उल्लेख गरेको छ ।
इजरायलमा रहेका नेपालीलाई केही दिनअघि परराष्ट्रमन्त्री नारायणप्रसाद साउद आफैं गएर नेपाल लिएर आएका थिए । मन्त्रीले गरेको यो कार्यको चौतर्फी प्रशंसा भएको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्