शुक्रबार, २६ भदौ २०८३
ब्रेकिङ न्युज
समाचार

इजरायलबाट चारजनाको शव आइतबार नेपाल ल्याइने विपिन जोशी अझै सम्पर्कविहीन

admin
admin

काठमाडौं, कात्तिक । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चारजनाको शव आइतबार नेपाल ल्याइने भएको छ ।

तेलअविवस्थित नेपाली दूताबासका अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर ४ जनाको शव शनिबार दिउँसो १ः२५ बजेको फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको हो । इजरायलबाट दुबईसम्म र त्यहाँबाट काठमाडौंसम्म पुग्ने व्यवस्था मिलाइएको छ । फ्लाइट डिटेलअनुसार आइतबार बिहान शव काठमाडौं आइपुग्ने छ । ‘अन्य शव पहिचानको काम भइरहेको छ’, नेपाली दूताबासले शुक्रबार वक्तव्यमार्फत भनेको छ ।

सम्पर्कबिहीन रहेका विपिन जोशीको खोजी भइरहेको पनि दूताबासले जनाएको छ । परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल पुगेर गत साता त्यहाँ रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काएका थिए । ती विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका थिए ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्