गुटेर्रेसले आज संसदलाई सम्बोधन गर्ने
काठमाडौं, १४ कात्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले आज संसदलाई सम्बोधन गर्दैछन् ।
आज संघीय संसद्को संयुक्त बैठक ४ बजे बस्दैछ । सोही बैठकमा उनले सम्बोधन गर्ने भएका हुन् । यसअघि अमेरिका गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गुटेर्रेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । गुटेर्रेसले नेपालको शान्ति प्रक्रियालाई चासोका साथ हेरेका छन् । केही दिनअघि नेपाल आएका गुटेर्रेस विभिन्न ठाउँको भ्रमण गर्दैछन् । महासचिव गुटेर्रेस चार दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आएका हुन् । उनी भोलि फर्कँदैछन् । गुटेर्रेसले राष्टपति, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतसँग भेटबार्ता गरेका छन् ।

