सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

आफ्नै जिल्लामा योगेश भट्टराईमाथि आक्रमणको प्रयास

admin
admin

काठमाडौं, मंसिर । नेकपा (एमाले) का सचिव योगेश भट्टराई सवार गाडी पहिचानवादीहरूले आज ताप्लेजुङमा तोडफोड गरेका छन् ।

ताप्लेजुङ सदरमुकाम फुङलिङमा आज भट्टराई सवार प्रदेश–२–०१–००१ च ००४० नम्बरको गाडीमाथि पहिचानवादीहरूले ढुंगामुढा गरेका हुन् । आफू सवार गाडी फुङलिङ बजारमा तोडफोड भएको सचिव भट्टराईले बताए । भट्टराई सवार गाडीको सिसा फुटेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक कमल लुङ्गेलीले एमाले सचिव भट्टराई चढेको गाडी तोडफोड भएको बताए ।

दसैं, तिहार, छठ, नेपाल सम्वतलगायतका चाडपर्वका अवसरमा एमाले ताप्लेजुङ कमिटीले आज चियापान कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रमका लागि प्रतिनिधिसभाका स्थानीय सांसदसमेत रहेका भट्टराई र कोशी प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बो ताप्लेजुङ पुगेका थिए । कार्यक्रम सकेर काठमाडौं फर्कने बेला उनीहरु सवार गाडी तोडफोड भएको हो । कोशी प्रदेश नामकरणमा हस्ताक्षर गर्ने सांसदहरूलाई पहिचानवादीहरूले विरोध गर्दै आएका छन् । यसअघि पनि पहिचानवादीहरुले पटक पटक एमालेका नेताहरुमाथि यही विषयलाई लिएर आक्रमणको प्रयास गर्दै आएका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्