शुक्रबार, २६ भदौ २०८३
ब्रेकिङ न्युज
समाचार

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्रीको आग्रह

admin
admin

काठमाडौं, मंसिर १९ । हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदले कतारसँग आग्रह गरेका छन् ।

आज परराष्ट्रमन्त्री साउदले नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग मन्त्रालयमा भेट गरी जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका हुन् । हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन मन्त्री साउदले कतारी राजदूत अन्सारीसँग आग्रह गरेका हुन् । जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको जानकारी दिँदै नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागिसमेत प्रयास जारी रहेको बताएका थिए ।

मन्त्री साउदले यसअघि ८ मंसिरमा कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । जोशी हमासको कब्जामा रहेको भनिए पनि अहिलेसम्म स्पष्ट जानकारी आएको छैन ।

मन्त्री साउद र जोशीका बुबाआमाबीच पनि पटकपटक भेट हुँदै आएको छ । जोशीका बुबाआमाले छोराको सकुशल रिहाइका लागि आग्रह गरेका छन् । मन्त्री साउदले पनि सरकारले पहल गरिरहेको जानकारी दिएका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्