आइतबार, ७ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

खाण आज रिहा हुँदै

admin
admin

काठमाडौं, मंसिर २९ । नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिनुभएका नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाण सात महिनापछि आज रिहा हुँदछन् ।

हिजो उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्न आदेश दिएपछि नेता खाण आज धरौटी बुझाएर रिहा हुन लागेका हुन् । खाण पक्षका वकिल वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले उच्चको आदेशबमोजिम आज काठमाडौँ जिल्ला अदालतमा धरौटी बुझाएपछि खाण रिहा हुने बताए ।

खाणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा गत वैशाख २७ गते प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएकोमा उच्च अदालतले बदर गरिदिएको हो । यसअघि उच्चका दुई न्यायधीशहरूबीच राय बाझिएपछि बिहीबार तेस्रो न्यायाधीशसमक्ष पेस गरिएको थियो । न्यायाधीश कोइरालाले ३० लाख रुपैयाँ धरौटी लिएर छोड्न आदेश दिने पक्षमा राय राखेका हुन् ।

 

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्