सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

admin
admin

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १२ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार महासमिति बैठकको तयारी, समसामयिक राजनीति र जाजरकोट भूकम्पलगायतका विषय आजका बैठकका मुख्य एजेण्डा हुन् । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ । कांग्रेसले पौषमा महासमिति बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले बैठक सार्न खोजेको भन्दै संस्थापनइतर पक्षले आपत्ति जनाउँदै आएको छ ।

 

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्